भैरहवा - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो । जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना…