काठमाण्डु – नेपाली नर्सलाई बेलायत पठाउनका लागि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो । बेलायत सरकारले माग गरेअनुसार १० हजार नर्सिङ जनशक्ति पठाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ ।…