काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। बैठक सुरु हुनेबित्तिकै एमालेले…