अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

काठमाण्डु – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमणको बिषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले नै परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताइन् । निकट भविष्यमै हुन…