काठमाण्डु– प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितका सांसदहरूले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश नदिने निर्णय गरेको हो। रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबी गर्दै तत्काल कार्यान्वयन रोक्न अन्तरिम आदेशको…