काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्री बालकृष्ण खाणकै निर्देशनमा ताला लगाइएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्री खाणको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिवि पदाधिकारीका कार्यकक्षमा ताला लगाइएको आरोप लगाएकी हुन् । ‘त्रिवि पाँच महिनादेखि बन्द छ। सरकारको ध्यान आकर्षित हुन सकेको छैन । अचम्म लाग्छ, बीचमा एक…