रुपन्देही - प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको छ । सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई…