काठमाण्डु- कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । पूर्ण इजलासले भोलि नै फैसला सुनाउन सक्ने सम्भावना रहेको बताइएको छ । यो मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूणर् इजलासमा बहस भइरहेको छ । सोमबार…