पोखरा - पोखरा महानगरपालिकामा उपमेयर सहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्याली निकाल्यो । र्यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो । वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी । अधिकारीले भाषण गरेर निस्किए । अनि भाषण गर्न आइपुगेका पृथ्वीसुब्बालाई भने कार्यर्ताले नाराबाजी गर्दै बिरोध जनाए । ‘अन्तरघाती मुर्दावाद, अन्तरघाती होसियार,’…