काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै अन्तरप्रदेश चल्ने लामो दूरीका सवारीसाधनको भाडादर बढाएको हो । यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ ।…