बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राई घुससहित पक्राउ

काठमाण्डु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाण्डुको बुढानिलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव इन्जिनियर राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका…