काठमाण्डु– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् । ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाण्डु महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग…