हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

हेटाैंडा - हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो। उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।