गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल सिभिल अस्पतालमा भर्ना

काठमाण्डु - नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्। आफैं गाडी चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । कारमा बेहोस हुन पुगेका उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका एक नेताले बताए। उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।