काठमाण्डु - भूकम्प आउने हल्ला चलेपछि जुम्ला,मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन्। भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए। महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे। सिमिकोटका नवराज महताराले भूकम्पको हल्ला…