स्थानीय तह निर्वाचन : राजनीतिक दललाई उम्मेदवार छान्न सकस

खोटाङ - दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा छवटामा नेपाली काँग्रेससहित चार दल र चारवटामा काँग्रेसबाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको हो…