कञ्चनपुर - परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आइतबार शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री साउदले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको उनले बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको…