काठमाण्डु- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय नभएको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेको बताएका हुन् । अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने उनको भनाइ छ । ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो…