पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाण्डु- हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ। बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले करिब एक घण्टा समय लाग्ने भएको छ। विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।…