काठमाण्डु - महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । खातीले पदबाट प्रधानमन्त्रीमार्फत दिएको राजीनामा राष्ट्रपति विद्यादेवप् भण्डारीले स्वीकृत गरेकी हुन् । सोमबार प्रधानमन्त्रीमार्फत खातीले दिएको राजीनामा मंगलबार राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । ‘नेपालको संविधानको धारा १५७ को उपधारा ९४० को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री…