काठमाण्डु- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्वीकार गरे पनि अन्य दुई समूहले भने अनुमोदन गरेका छन् । सभापति देउवाले ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले शेर्पालाई निवासमै बोलाएर बधाई दिएका छन् ।…