मन्त्री पौडेलद्वारा ढोरपाटन-साल्झन्डी सडकको अनुगमन

बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “सडकको काम कुनै हालतमा नरोकियोस्,” उनले भने, “प्रभावित स्थानीयलाई मुआब्जा दिए…