सर्वोच्च र विशेष अदालतमा आगजनी

काठमाण्डु – जेनजी प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजनी गरेका छन् । सर्वोच्च अदालतमा रहेका गाडीहरूमा तोडफोड गरी आगजनी गरिएको हो । आन्दोलनकारी विशेष अदालतमा पनि आगजनी गरेका छन् भने महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरिएको छ । जिल्ला अदालत काठमाण्डुमा पनि आगजनी गरिएको छ ।