अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार हुनुपर्छ : राप्रपा

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ । विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरी पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको र योगदानकर्ता उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने तर्क राप्रपाले अघि सारेको हाे । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीहरूको भूमिका देशको शासन…