काठमाण्डु- राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन् । ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने बहस गलत हो,’ उनले भने, ‘यहाँ पनि यो विषय प्रवेश नहोला भन्न सकिँदैन ।’ राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवकोटाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुख बीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्नेमा जोड दिए…