२०७९ मा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा : पृथ्वी जयन्तीमा बिदा दिइएन, कमल थापा रुष्ट

काठमाण्डु - सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिवार बिदा हुनेछ ।…