काठमाण्डु - बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् ।बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका हुन् । आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । माया लुहारको यही मंसिर…