काठमाण्डु – एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले एक वक्तव्य जारी गर्दै तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो ।…