काठमाण्डु – काठमाण्डुको बुढानीलकण्ठबाट सम्पर्कविहिन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाण्डुको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्यानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् ।…