एमसीसीको विरोध गर्नेले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीलाई थपियो सुरक्षाकर्मी

काठमाण्डु - सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । आइतबारको संसद बैठकमा सञ्चारमन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेपछी उनको सुरक्षा बढाइएको हो । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी…