वासिङ्टन डिसी - अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ। त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ। यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन्। कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा…