प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता, के भयो छलफल ?

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। मंगलबार बालुवाटारमा भएको भेटमा राष्ट्रिय सभामा रिक्त रहेका उपाध्यक्ष पद र एक स्थानका लागि संसद्को चुनावका विषयमा छलफल भएको हो। त्यस्तै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको…