काठमाण्डु- जनता समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएकी छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी हुन् । उनले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणीकरण नगरेको…