काठमाण्डु – सरकारले रासायनिक मल खरिदका लागि १२ अर्ब ७१ करोड थप गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित १५ अर्बका अतिरिक्त १२ अर्ब ७१ करोड थप गरिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादनमा…