छानबिन समितिको निष्कर्षः एनसेल खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिने अवस्था छैन

काठमाण्डु- एनसेलको शेयर खरिद बिक्री प्रकरणबारे छानबिन गर्न बनेको समितिले थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । निवर्तमान महालेखापरिक्षक शर्मा नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो । उक्त समितिले प्रतिवेदनमा एनसेलको शेयर खरिदबिक्री हुँदा राज्यका कतिपय निकायहरुले आफ्नो जिम्मेवारी पालना नगरेकाले थप छानबिन गर्न सिफारिस गरेको छ । समितिका…