ललितपुर – नेकपा एमालेको विधान महाविधेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा समूहगत छलफल गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी दोस्रो महाधिवेशनमा शनिबार प्रस्तुत गरिएका ७ वटा प्रतिवेदनमाथि समूहगत छलफल सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा…