काठमाण्डु - ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका मन्त्रीको गाडीबाट बालिका घाइते भएको दुर्घटनाको जिम्मेवारी कोशी प्रदेश सरकारले दिएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दुर्घटनामा घाइते भएकी बालिकाको उपचारको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन् । घाइते बालिकाको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने सहमति भएपछि हरिसिद्धिमा स्थानीय बासिन्दाले थालेको आन्दोलन स्थगित भएको छ…