सहकारी वित्तीय विकास संस्थाको ३७ करोड हिनामिना : अध्यक्षसहित ३ जना पक्राउ

काठमाण्डु- बाँकेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा ३७ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा अध्यक्ष हरदेवबक्स चौधरीसहित ३ जना पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन टोलीले चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिकलाई पक्राउ गरेको हो । अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको छ। उनी यसअघि एक वर्ष…