उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरू मारमा

काठमाण्डु - बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी र तातोपानी अहिले पनि पूर्ण रूपमा ठप्प हुँदा व्यवसायीहरूले चीनबाट सामान आयात गर्न सकेका छैनन् । जसका कारण उनीहरूले ठूलो आर्थिक नोक्सानी भोगिरहेका छन् भने नजिकिंदै गरेको दशैं तिहार र छठ पर्वमा उपभोक्ताई महंगीको मार पर्नसक्ने देखिएको छ । असार २४ मा रसुवामा आएको बाढीले नेपाल–चीन…