रौतहट – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहट जिल्लाभर सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटका ४ वटै निर्वाचन क्षेत्रका १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएको छ । जिल्लाभर कुल ४ लाख ३६ हजार ६११ मतदाता…