एकै गाउँका ५० जनाले किन पाएनन् नागरिकता ?

सुनसरी - 'नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ। तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?' यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले सोमबार खनारमा आयोजना गरेको 'नागरिकता प्राप्तिमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम' मा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव…