काठमाण्डु- सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलता सहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्याउने काम गरेको आरोप छ…