काठमाण्डु - जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठ महिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छीन्। भूकम्पबाट घाइते उनी हाल नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । जाजरकोटको नलगाढ नगरपालिका-६ भारगाउँकी जमुनाको गत शुक्रबार राति गएको भूकम्पले संसार…