सरकार र मिटरब्याज पीडित टोलीबीच दोस्रो चरणको वार्ता सुरु

काठमाण्डु - सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो । वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका छन् । बिहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो…