प्रचण्ड स्वदेश फिर्तापछि मात्र कर्णालीले मन्त्री पाउने

सुर्खेत - कर्णाली प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फिर्तापछि मात्र नयाँ मन्त्री पाउने भएको छ । मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको छ । सोमबार माओवादी संसदीय दलको बैठकमा प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ…