काठमाण्डु- सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्। संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो । सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका भवनमा…