अमेरिका-ईरान युद्धविरामको ‘क्रेडिट’ पाकिस्तानलाई, भारत हेरेको हेर्‍यै !

काठमाण्डु - ईरानसँग अमेरिका–इजरायलको युद्धमा दुई हप्ते युद्धविराम भएको छ । यो युद्धविराम पाकिस्तानको पहलमा भएको हो ।युद्धविरामको भारतले स्वागत गरेको छ तर भारतले पाकिस्तानको नाम नलिएरै युद्धविरामको स्वागत गरेको हो । ‘हामी युद्धविरामको निर्णयको स्वागत गर्छौं । हामी आशा गर्छौं कि यसले पश्चिम एसियामा दीर्घकालीन शान्ति स्थापना गर्न मद्दत पुर्‍याउनेछ । जस्तो कि हामीले…