काठमाण्डु – पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन्…