काठमाण्डु- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि भएको छ । आइतबार कांग्रेसका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । जसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका छन् । बागमतीमा…