सेती नदिको टापुमा ६० जना फसे,हेलिकोप्टरबाट उद्धार गरिँदै

काठमाण्डु - लगातार परेको भारी वर्षासँगै सेती नदीमा आएको बाढीमा परी ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका- ५ ढुंगाडमा १० परिवारका ६० जना सेतीले घेरिएको टापुमा फसेका हुन् । सोमबार राति पानी परेसँगै बाढी आएपछि सेती नदी छेउकै बस्तीका मानिस अन्यत्र सरेका थिए । तर, केहि मानिस नसर्दा अहिले फसेको प्रहरीले जनाएको छ…